industrial attachment सम्बन्धमा बैठक सम्पन्न

२०७५-०५-०३

आज  पुल्चोक क्याम्पस मेकानिकल तेस्रो बर्ष (072BME ) मा अध्यनरत बिद्यार्थी का प्रतिनिधि र मेकानिकल डिपार्टमेन्ट बिच industrial atttachemnt सम्बन्धमा एक बैठक सम्पन्न भएको छ । चौथो वर्ष प्रथम खण्ड अनुरुप आश्विन-मङ्सिर बिदामा सम्पन्न गर्नुपर्ने industrial attachment (ME706 ) को बिषय मा देखा परेका समस्या को समाधान गर्दै कसरि सो कार्यलाई चुस्त दुरुस्त बनाउन सकिन्छ भन्ने उदेश्यमा छलफल केन्द्रित रहेको थियो। उक्त बैठक तलको निस्कर्ष का साथ टुंगिएको जानकारी गराउन चाहन्छौ।

१. तत्काल का लागि भएका निर्णयहरु :
१.१ industrial atttachemnt सम्बन्धमा मिति २०७५ असोज २ गते ११ बजे एक orientation कार्यक्रम गरिने ।
१.२ सो मिति सम्म मा कुनै पनि industy वा संघ संस्था मा industrial atttachemnt को व्यवस्था नमिले सकेका बिद्यार्थी हरुको लागि डिपार्टमेन्ट मार्फत पूर्ण सहयोग प्रदान गरिने ।

२. दिर्घकालिन निर्णयहरु:
२.१ एक अध्यन समिति गठन गरि industrial atttachemnt सम्बन्धका विभिन्न बिषयमा अध्यन गरिने र त्यस समितिले बुजाएको प्रतिबेदन का आधार मा थप काम गरिने ।
२.२विभागीय प्रमुख ले भिबिन्न industry हरु संग MoU sign गर्नलाई IOE dean संग पहल गर्ने ।
२.३ industrial atttachemnt लाइ सहज बनाउन कम्तिमा सो बिषयमा एक शिक्षक नियुक्त गर्न माग गर्ने ।
(माथि उल्लेखित निर्णय २.२ र २.३ को लागि HOD संग अधिकार नभएको तर उहा ले dean समक्ष पहल गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको छ)
उक्त बैठक मा ०७२ BME का तर्फबाट SOMES president BiKash Kunwar ,स्वबियु सदस्य हरु Ramesh Joshi Deepak Sapkota, कक्षा प्रतिनिधि आदित्य अमात्य र र डिपार्टमेन्ट का तर्फ बाट HOD डा. नवराज भट्टराई , Deputy HOD रुद्र मणि घिमिरे र Assistant Professor डा. अजय कुमार झा को उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *