NEVERLAND

वायुपङ्खी विमानमा पुगे एक कल्पित दुनियाँमा

तराशिन्छ जहा आत्मा नाकि शरीरको बुनियादमा।

पाए मैले प्रेमको असल परिभाषा जहा

के हुन्न है यसको कुनै रुप, ढङ्ग र शरीर त्यहाँ।

 

क्या अमन र चैन देखे त्यो दुर्लभ संसारमा

के तौलिन्छ जहा मानवीय आचरणको आधारमा।

पाए मैले समानताको असल मिसाल जहा

के थिएन जात,लिङ्ग, हैसियत आदिको बबाल त्याहा।

 

क्या अग्रिमता र नवीनता देखे त्यो कुशल सर्गमा

कदापि बल्झिन्न जहा कोई रूढिवादी तर्कमा।

जहा पाए मैले धर्म र कर्मको वास्तविक मेल

के थिएन कतै मानुष गठित धर्म र ग्रन्थको भेल।

 

पन्छी सरह उडे र रमे त्यो तिलस्मी लोकमा

अर्पिन्छ जहा नैसर्गिक अधिकार पूर्ण थोकमा।

जहा पाए मैले “बाँच र बाँच्न देउ” को सही अर्थ

के थिएन कसैमा निचा र पीडा दिने सामर्थ्य।


क्या स्नेह र मेलमिलाप भेटे त्यो ख्याली जहानमा

के देखिन्न जहा खटपट ईश्वरका सन्तानमा।

जहा पाए मैले “विकृतिः एवम्‌ प्रकृतिः

को प्रबल दृष्टान्त के थिएन कतै प्राकृतिक र नैतिकताको विवादित वृत्तान्त।

August 22, 2022