by Bishwash Khatiwada | Jan 6, 2023 | Article Writing Competition, Trails of Life
मङ्गसिरको महिना; यति मात्रै भने के बुझ्नु हुन्छ ?
लगन जुरेको छैन; तब बिहेको त कुरै भएन।
मङ्गसिर महिनाको बिहानीपख भने चै ?
बुझिसक्नु भो होला है? तर फेरी के बुझ्नु भो; गाह्रो बनाइदिनु भो त ।
अब मैले के भन्न चाहेँ अनि हजुरले के बुझ्नु भो? त्यो मेल खाएन भने त मेरो बोलीको के अर्थ रह्यो र ? फेरी संसारमा सबै कुराको अर्थ हुनुपर्छ भन्ने पनि त छैन | कुरा सुन्दैमा खुशी भइयो भने पुग्यो; हैन र ? जीवनको अर्थ के छ र ? न मेरो जन्म मेरो आफ्नो इच्छाले भाकोथ्यो न त मेरो मृत्यु नै? मेरो लागि त यो जीवन शून्यबाट सुरु भयो अनि अन्त्यमा शून्यमै बिलायो नि | तर जीवन जिउने बहानामा मैले के के र कति कति बनाएँ? शून्यको अगाडि धेरै चिज थपे अनि पछाडि पनि तर म भने शून्यमै बिलाएँ | अनि तिनीहरु सबैको अर्थ चै के रह्यो र? अर्थहीन छ तर पनि हामी यो जीवनलाई अर्थ दिन र सार्थक बनाउन खोजिराखेका छौ, किन र के का लागी? मलाई त लाग्छ मेरा कुराहरु ठाउँसम्म पुगेन भने त्यसको के अर्थ रह्यो र?
आ’छु कति चिसो हौ पानी पनि; सोच्दा सोच्दै गिलासको पानी पोखाएछु | यो एकाबिहानै देखि पानी पनि ठण्डिएर के के नाटक देखाईराछ, के भन्न खोजिराछ? ला जा ! मैले जे बुझाउन खोजेको थिएँ, त्यो त पानी पोखिएर पो बुझाईदियो त। हो जाडो पलाईसकेको थियो | अझ उपत्यकामा त भदौबाटै सुरु हुन्छ; जाडो | जाडोको बारेमा भन्नु पर्दा सबै ठाउँमा हुन्छ होला तर यो जाडोले यस ठाउँलाई अर्कै मोहनी लाएको थियो | यस्तो मोहनी कि जुन आफैँ आफैँमा लाग्ने; मेरो मन नहुदाँ पनि | हुन त म पनि यहाँ बसेको हो नि तर किन यो ठाउँले मलाई नसोधी मोहनी लगायो; आखिरी एकपल्ट त सोधे पनि हुने | तर खै मलाई यस ठाउँले नअंगालेको पनि हो कि? त्यसैले त म यहाँ बसेको देखिसक्दिन | बिहानी र बेलुका जाडो बनाएर भगाउन खोज्छ; दिउँसो चै धुलो खुवाएर अनि फेरि कहिले सिट्ठी हावाले हानेर । के के गरेर भगाउन खोज्यो; कत्ति मिठा मिठा प्रयत्न गर्यो, गर्दैछ तर नि म गइन र जान्न पनि | त्यसले मलाई चिनेकै छैन, उसले नअँगालेर के भो त? मैले अँगालिसकेको छु।मलाई त माथि पुग्नु छ; शिखरसम्म | जाने बाटो पनि उ बाटै हो अनि न अंगाल्नु पनि कसरी? कस्तो स्वार्थी भन्ठानु होला तर होइन है; मलाई उसको कोमलताले, निश्छलताले अंगालेको हो | बेलाबेला उसलाई फकाउन चित्रहरु बनाउने गर्थे | बिहान मलाई भगाउदैँ गर्दा तनमन सबै ठण्डा बनाई दिन्थ्यो तर म चाहिँ चित्रहरु दिउँसोसम्म बनाएर आफूलाई र उसैलाई पनि न्यानो बनाउन खोज्थेँ | यसरी बिहानबेलुका ठुस्स परेको बेला म भने सुत्ने बेलासम्म उसलाई न्यानो बनाएरै छाड्थेँ; आफ्नो तर्फबाट प्रयत्न गर्न छाडिनँ| उसले बिस्तारै मलाई स्विकार्दै थियो या भनौँ उसले भन्दा बढी मैले उसलाई चाहेर होला बिस्तारै ठण्डा हावाले मलाई हान्न छाडेको थियो | म बिहानै उठेर आफ्नो क्यानभास तयार पार्थेँ | मेरो साथीले भन्थ्यो,”संसारकै सबभन्दा सुन्दर कला चै चित्रकला हो।” अहिले मलाई पनि त्यस्तै लाग्छ।
हरबखत म चित्र बनाउन बस्दा आफूलाई नै लाटो बनाउन खोज्ने रै’छु | एउटा बनाउन खोज्दा अर्को आफैँ हुने | म त एउटै जीवनमा दुईओटा पात्र बाँचिरहेछु | असक्षम बनेर सक्षम कुराहरु र सक्षम भएर असामान्य कुराहरु देखाउन खोजिराखेको छु | लाग्छ असामान्य कुराहरु असक्षमहरुले बेजोडले गर्न सक्ने रैछन | उनीहरुले आफूलाई यतिसम्म सक्षम ठान्छन् कि अरुले उनीहरुलाई असक्षम देख्छन् | अनि असामान्य कुराहरु चाहिँ त्यो बेलाको निरन्तर साधनाबाट आउँदो रहेछ | कसरी कला सिर्जना हुन्छ भनेर सबैभन्दा ठुलो प्रश्न हुन्थ्यो सुरुमा तर पछि पछि चाहिँ गर्दै गएपछि तरिका थाहा हुदोँ रहेछ | सायद निरन्तर साधना भनेको नि यही होला | सुरुमा एउटा सोच आएपछि चाहिँ त्यसलाई कसरी उतार्ने भन्ने ठूलो चुनौती हुने रहेछ | मैले कोरेका रेखाहरुले कथाको मोड र चिनारीहरु देखाएनन् भने, मैले कोरेका आकृतिहरुले पात्रहरु चिनाएनन् भने, मैले लेप लगाएका रङ्गहरुले उसका अनुहार उतारेनन् भने त्यो बनाएकै के मतलब भयो र? क्यानभास मात्रै भरेर के गर्ने यदि त्यसले केहि बोलेन भने; कसले सुनिदिने ? फेरी चित्रलाई हेरेर आफैँ विश्लेषक बन्न त पाइयो तर पनि आफुले सोचेको त उत्रिनु पर्र्यो नि | पछि जसले जे भनिदिन नि पायो तर यो काले कामी अथवा कामी काले हो भनेर त बुझाउन सक्नु पर्यो नि, होइन र? पछि बुझ्ने ले कामी काले थियो वा काले चै आमी कामी थियो वा कामीहरु काला भए वा काला भएर उनीहरुलाई कामी भनियो जे बुझे पनि भयो तर कामी र काला चै देखिनु पर्यो नि हैन र ? काला र कामी सोचेसी अब उनीहरुलाई उतार्नु पर्यो | तपाईंले म बोलिराखेको सुन्नु भा होला हैन तर त्यसो होइन किनभने यो मेरो मनले संकेत गरिराखेको छ | म त अहिले लाटो भैसके; अझ अपाङ्ग भैसकेको छु; सामान्य कुरा सबैले गर्न सक्दैन भन्छन्| त्यसैले त म असामान्य कुरा गर्न खोजिरहेको छु। | अनि त्यसपछि केहि घोटिन थाल्छन्; आफूमै बिलिन थाल्छन्; कोहि, केहि बनून् भन्दै आफ्नो बलिदान दिन थाल्छन्; आफू वीर क्रान्तिकारी हुँ भन्दै अनि आफ्नो बलिदानको स्वरुप रगतका रेखाले आकृति बन्दै जान्छन् | यसरी बन्छ कि मानौँ समाजवाद र पूँजिवाद उत्रिन्छ; शोषक र दमनकारीसँग क्रान्तिवीरहरु सँगसँगै उभिएर आँखामा आँखा जुधाउछन्; समाजवाद मोडियो अथवा केहि बाटो बिरायो भने लोकतन्त्रले गल्ति मेटाउँदै सिक्दै समिश्रण बनाउँछन् | विभिन्न रङ्गको पट्टि लाउँदै, अनुहार लेपाउँदै पत्रहरु चित्र भित्रै छर्लंग रङ्गजस्तै आवाज उठाउन थाल्छन् र आफ्ना भावनाहरु पोख्छन्| अनि प्रकाशको गतिसँगै आफ्नो कुराहरु फेरिरहन्छन; उसको मात्रा सँगसँगै | बुझ्नेले अर्कै बुझेका होइनन् त्यो त चित्रकारको खुबी हो प्रकाशको गतिसँगै आफ्ना कुराहरु फेर्न सक्नू | यी सबै आफै मनन् गर्दै गर्दा पो मनले भन्यो; के मा केर्छस् नि ? क्यानभास त हिजो रातिनै सक्किएको थियो | मैले कापीमा कोर्न थालेँ। पल्लो कोठाको दिदीले ढोका ढकढक्यादैँ भन्नुभयो,” बाबु यहाँ हेर्न आऊ त मेरो छोराले कस्तो राम्रो चित्र बनाएछ |” उसको छोरालाई मैले चित्र कोर्न सिकाउँथे। यसो अलि अलि पाकेट खर्च हुन्थ्यो त्यसो गर्दा | हिँड्दा हिँड्दै सोचे सानेको क्यानभास लिएर चित्र कोर्छु | तर मैले गएर हेर्दा म नै पो अचम्म परे | सानेलाई कत्ति मन पराएको यो ठाउँले; कटु लाएर दौडिनथ्यो तर पनि उसलाई कहिल्यै चिसो बनाएन यो ठाउँले | अनि अलि ईर्ष्या पलाउँथ्यो यस ठाउँको भेदभावप्रति | सानेको चित्र हेरेर मैले बुझे मसँग किन ठाउँ ठुस्किएको रहेछ | सानेले त्यसै ठाउँलाई आफ्नो क्यानभास मानेर चित्र कोर्दो रहेछ | उसको झयालमा त सँधै त्यस ठाउँले बाफको लेपन लगाउँदो रहेछ अनि सानेले त्यसैमाथि आफ्नो चित्र कोर्दो रहेछ | बाफलाई काउकुती लाग्ने रहेछ अनि बाफ छुँदा बाफ लजाएर त्यहाँबाट हट्दो रहेछ। एउटा आकृति बनाइदिदोँ रहेछ; अरुले फेरी नछुओस् भनेर| जति पटक कोर्नुपर्यो त्यति पटक बाफलाई काउकुती लगाउनु पर्ने रहेछ | केहि बाफले बाटो धेरै नै हटिदियो भने बाफलाई फेरी त्यहि फ्याल्नु पर्ने रहेछ | सानेले मलाई फू फू गर्दै बाफ फ्याल्न सिकाईरहेको थियो | गजबको कला सिकाको थियो सानेले मलाई | अझ कला भन्दा एउटा पाठ पनि पढाएको थियो | रफ स्केच गर्नु छ भने यसरी बायोडीग्रेडेबल सामानहरु पनि प्रयोग गर्दा हुने रहेछ भनेर | त्यसदिन पछि हावालाई झ्यालमा लेपाउने बितिक्कै म त्यसलाई क्यानभास मानेर कोर्न थालिहाल्थेँ | त्यसपछि त मलाई खास्सै चिसो सिट्ठी हान्न छोड्यो | चिसो सिट्ठी हन्नासाथ म बुझिहाल्थे कि मलाई क्यानभास बना भन्यो भनेर अनि त्यसपछि मलाई न चिसो सिट्ठी हान्थ्यो न त धेरै नै जाडो हुन थाल्यो | मलाई अरुजस्तै त्यस ठाउँले अंगाल्न थाल्यो र भन्यो त्यो क्यानभासमा जहिलै कोरीराख्नु है।
by Riju Kattel | Jan 6, 2023 | Article Writing Competition, Trails of Life
Three years ago
I moved back home today after spending six months living in a college dorm. When I went
home, my mother and Mrs. Sharma were there. Mrs. Sharma is our family friend and neighbor,
who lives 10 minutes away. Although I admire her, I find it repulsive that she consistently shows
up at our place when I return home or when something significant happens. Did she possibly
foresee my impending return? I firmly believe that she did. Warm hugs were given to me. After
that, I took shower, and then returned to see my mother and Mrs. Sharma. My mother was laughing and chatting with Mrs. Sharma. I waited on the sofa as my mum prepared a cup of coffee for me.
The aches from travel always lessened after taking a sip of it.
‘Do you remember what I questioned you about on the day of your engineering entrance result,
Maya’? A minute later, Mrs. Sharma questioned me.
The vivid memory of the disappointing event once more flashed before my eyes.
Five years ago
Have you played hopscotch before?
Yes, I answered.
Why is Mrs. Sharma questioning me in this manner? Did she notice the tears that were rolling
down my eyes? I did my best to contain my tears, but I was unable to do so. Or perhaps she
noticed the disappointment in my parent’s eyes at my performance. She undoubtedly witnessed
the anxious nights I spent getting ready for the entrance, so perhaps she is attempting to
empathize with me.
She recognized my brows furrowing and inquisitive eyes. She gave me a head pat, grinned, and
then returned to the kitchen, where my parents were already seated. Neither I nor she sought to
grasp what she was trying to communicate. I lingered on the porch with a cup of coffee and an
endless supply of thoughts. I couldn’t crack the engineering entrance exam. For me, studying
math and physics has always been troublesome. I anticipated this happening and had previously
made preparations for today, but seeing the disappointment in my parent’s eyes made me feel
unqualified to plan my own future. They haven’t spoken a word to me about the outcome,
perhaps due to Mrs. Sharma’s presence. Why would any parent chastise their kid in front of
someone else?
Three of my cousins are studying engineering on full scholarships, while two of them are in
medical school. No, my competence was not questioned, but neither were my parents’ statements ever motivating to me. This made me doubt my independence, despite the fact that some of my cousins are younger than I am.
……
It’s been two years. I tried my best to avoid drawing attention to myself and haven’t been myself
up until today. I’m unable to look myself in the eye. Despite doing all in my power to be the best
version of myself, I have a constant fear of taking the next step. I resembled the crumbling
structure that can never be rebuilt to be what it once was.
Oh god! How many thoughts pass through the mind in a split second?
I never gave her question a second consideration, so I can’t comprehend why she would still be
asking me it two years later. She recognized my silence once again. “In order to complete the
game of hopscotch, you must maintain balance and move from step to step. The game must be
fun for you to advance. If you put pressure on yourself, you might succeed in the first level, but I
can tell you that you will lose your equilibrium after a while. Prior to all of that, you must be able
to correctly draw the hopscotch diagram. Maya, you must have self-assurance, proceed
cautiously, have faith in yourself, and take pleasure in any game you play. You must find joy in
it, I say again”.
She was taking it somewhere, I know where.
“You’re too young to change who you are and let your spark fade. Simply be assured of yourself,
and consider only yourself”. She grinned as she patted my head again. “Despite the fact that you
are no longer a baby, my little one, I have watched you grow and I still have faith in you. You
are the most beloved one of your parents, and they too have faith in you. Your name resembles
how significant you are to your parents, Maya. They may not have expressed it to you, but they
admire and believe in you. The design or drawing of your journey is entirely up to you. Simply
have confidence in yourself right now and don’t be frightened to engage in the start-and-stop
game of life”.
Mrs. Sharma left me thinking while leaving again to go where my mother was. When I reflect, I
see that the incident was only a little one in my life, but because I didn’t develop self-assurance
and faith in the wake of it, I was left helpless.
I simply wasn’t able to pass the engineering admission exam, not that my entire life is over.
Honestly, I did think too much. I’m a microbiology undergraduate student now. Yes, the faculty I
worked so hard to get into is very much different from the faculty I currently am studying.
Regardless of it, I am the same person, over thinking has caused my enjoyment to become hazy,
but I won’t allow it now. Even though I have scars from previous experiences, I’m willing to
concentrate on improving myself today compared to yesterday.
Today
How could someone’s words make you feel so uneasy that you are now striving to be your best
self, not trying, but you’re working on it now, that you’re not frightened to take the second step
once more? It was a minor incident in my life that started out horrifying but ended up being
magical. Perhaps it is the trials of life. You can sometimes lose and sometimes win. The most
important thing is to embrace the outcome in order to actually experience it.
So master the rules to play the game of life. Embrace it and don’t forget to discover your Mrs.
Sharma, despite the fact that she occasionally disgusts you. (Crowds cheer and laugh)
Guys, life has so much to offer. Much more than what you can possibly ask for.
Standing in front of a sizable crowd and recounting a little episode in her life that turned out to
be magical, she finally convinced the crowd that the damaged building could be repaired and
designed more elegantly if given a second opportunity.
……
Maya began studying for her doctorate in microbiology at Cornell University, one of the top
universities, on a scholarship.
This is only one example of overcoming dysfunctional perceptions and becoming the person you
have always pictured. We don’t have to be anything other than ourselves, and we should
appreciate who we are wholehearted. Embrace life’s journey and strive to improve yourself on
both good and bad days.
Let the trials of life make you a giant, not a midget. – Warren Wiersbe