यादगार क्षण

 हुलको लर्कोमा गुमेर होला,

एकताको रन्कोमा झुमेर होला,

किन यो मन चञ्चल भई आज,

आकाशमा उडेझैँ फिरियो साझँ।

 

आफूले झेलेको सम्पूर्ण पीडा,

लाई अनायास भुलेर दिए मैले बिदा,

थिएन कुनै भय, न थियो कुनै पिर,

स्वतन्त्रताको आभासमै घुमे चारै तिर।

 

देखेर आज फूलेका ती दुई फूल,

रम्न पुगेथे स्वयमको संसारमा भुल,

ती फूलका हरेक चटकमा,

तिनका हरेक रासमा,

प्रेरणाको बास छरियो मेरो हरेक सासमा।

परिजनहरुको बीच आफू निर्जन भको,

आज अनजानहरुकै माझ साथ पाको,

कल्पनामा सीमित मेरो सपनाको थोको,

अब बिपना मानि सजिने मीठो आसार पाको।

 

फरर.. फहरेको त्यो रेशमी कपासमा,

झल्किन्छ सामूहिक एकता आपसमा,

न कुनै विभेद छ, न त कुनै खोट छ,

हामी सीमान्तकृतको एक साझा ओत छ।