NEVERLAND

वायुपङ्खी विमानमा पुगे एक कल्पित दुनियाँमा

तराशिन्छ जहा आत्मा नाकि शरीरको बुनियादमा।

पाए मैले प्रेमको असल परिभाषा जहा

के हुन्न है यसको कुनै रुप, ढङ्ग र शरीर त्यहाँ।

 

क्या अमन र चैन देखे त्यो दुर्लभ संसारमा

के तौलिन्छ जहा मानवीय आचरणको आधारमा।

पाए मैले समानताको असल मिसाल जहा

के थिएन जात,लिङ्ग, हैसियत आदिको बबाल त्याहा।

 

क्या अग्रिमता र नवीनता देखे त्यो कुशल सर्गमा

कदापि बल्झिन्न जहा कोई रूढिवादी तर्कमा।

जहा पाए मैले धर्म र कर्मको वास्तविक मेल

के थिएन कतै मानुष गठित धर्म र ग्रन्थको भेल।

 

पन्छी सरह उडे र रमे त्यो तिलस्मी लोकमा

अर्पिन्छ जहा नैसर्गिक अधिकार पूर्ण थोकमा।

जहा पाए मैले “बाँच र बाँच्न देउ” को सही अर्थ

के थिएन कसैमा निचा र पीडा दिने सामर्थ्य।


क्या स्नेह र मेलमिलाप भेटे त्यो ख्याली जहानमा

के देखिन्न जहा खटपट ईश्वरका सन्तानमा।

जहा पाए मैले “विकृतिः एवम्‌ प्रकृतिः

को प्रबल दृष्टान्त के थिएन कतै प्राकृतिक र नैतिकताको विवादित वृत्तान्त।

नटुङ्गिने खोज

तिम्ले मलाई चाहदा नि; मुटुको टुक्रा ठान्डा नि

किन हो मैले तिम्लाई माया गर्न नमिल्ने।

कस्तो बाचा र कसम खुवाउन लाग्यौ है प्रिय

के कहिलै त्यो स्पर्श तिम्रो पाउनै नमिल्ने।

अब जब अरुको सामु अजनबी सरह लिहाज़ गर्नु परोस्

के तिम्रो समीप हुदा नै असामीप्यको आभास होस्।

कस्तो यो विडम्बनाले सतायौ है मलाई

के तिम्रो साथले नै आख़िर मलाई बनायो है पराई।

ओठको हाँसोमा दबेको पीडाको आँसु

र मुटुको गहिराइमा रहेको तिमी प्रतिको चासो।

लाई वास्ता नगरि मैले लिए है एउटा बाचो

के हुन्न है कहिले पनि मलाई तिम्रो खाँचो।

प्रेम वियोगले पीडीत यो मुटुमा

कसरी सल्गियोस् र पुनः यसको दियो।

यतिको हिचक हेर देखियो यो मनमा

के प्रेमको केवल सोच मात्रले घोच्छ है सियो।

भन्छन् सबै गाह्रो छ है चोखो मायाको खोज

सास्ती त मलाई छ हजुर सही व्यक्तिको बोज।

किन हो यो भाग्य नै फुटेझै लाग्छ मलाई

के चाहेको सँग नै भाग्छु स्वयमको मुटु जलाई।

यादगार क्षण

 हुलको लर्कोमा गुमेर होला,

एकताको रन्कोमा झुमेर होला,

किन यो मन चञ्चल भई आज,

आकाशमा उडेझैँ फिरियो साझँ।

 

आफूले झेलेको सम्पूर्ण पीडा,

लाई अनायास भुलेर दिए मैले बिदा,

थिएन कुनै भय, न थियो कुनै पिर,

स्वतन्त्रताको आभासमै घुमे चारै तिर।

 

देखेर आज फूलेका ती दुई फूल,

रम्न पुगेथे स्वयमको संसारमा भुल,

ती फूलका हरेक चटकमा,

तिनका हरेक रासमा,

प्रेरणाको बास छरियो मेरो हरेक सासमा।

परिजनहरुको बीच आफू निर्जन भको,

आज अनजानहरुकै माझ साथ पाको,

कल्पनामा सीमित मेरो सपनाको थोको,

अब बिपना मानि सजिने मीठो आसार पाको।

 

फरर.. फहरेको त्यो रेशमी कपासमा,

झल्किन्छ सामूहिक एकता आपसमा,

न कुनै विभेद छ, न त कुनै खोट छ,

हामी सीमान्तकृतको एक साझा ओत छ।